मलामी गएका किशोरको नदीमा डुबेर मृत्यु बैतडी। मलामी गएका एक किशोरको महाकाली नदीमा डुबेर मुत्यु भएको छ। शिवनाथ गाउँपालिका–१ कुँडका १७ वर्षीय महेश साउदको नदीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। स्थानीयवासी ६० वर्षीय घनबहादुर साउदको मलामी गएका महेश नुहाउने क्रममा महाकाली नदीको डिम्बर घाटबाट बेपत्ता भएका थिए। बेपत्ता किशोरको करिब पाँच घण्टापछि नदीमै मृतावस्थामा भेटिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्