बेलायतको सत्तारुढ कन्जर्भेटिभ पार्टी मुस्लिमविरोधी : अध्ययन एजेन्सी। मंगलबार सम्पन्न स्वतन्त्र अध्ययनले बेलायतको सत्तारुढ कन्जर्भेटिभ पार्टीमा मुस्लिमविरोधी भावना व्यापक रहेको देखाएको छ। प्रधानमन्त्री बोरिस जोनसनले यसबारे अध्ययन गर्न दुई वर्षअघि प्रक्रिया सुरु गराएका थिए। जोनसन कन्जर्भेटिभ पार्टीका पदाधिकारी हुन्।भारतीयमूलका शिक्षाविद् तथा पूर्वमानवाधिकार आयुक्त प्रा.स्वर्ण सिंहको नेतृत्वमा अध्ययन गरिएको थियो। पार्टीमा मुस्लिम विरोधी भावनालाई कुनै स्थान नभएको बताइए पनि बेलायतमा भेदभावपूर्ण र संवेदनाहीन घटना भइरहन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्