काठमाडौं। नेपाल लगानी बोर्डले १४ वटा परियोजनाको लगानीकर्ताहरूको संक्षिप्त सूची तयार गरेको छ। बोर्डले नेपाल लगानी सम्मेलनमा प्रस्तुत गरिएका ५० परियोजनामध्ये १४ वटाको सूची तयार पारेको हो।
१५–१६ चैत २०७५ मा आयोजित सम्मेलनमा ५० परियोजना प्रस्तुत गरिएको थियो। त्यसमध्ये बोर्डले १४ आयोजनाको लगानीकर्ताहरूको पूर्वयोग्यता मूल्यांकन गरेर ११ खर्ब ८८ अर्ब रूपैयाँको सूची तयार पारेको छ।
लगानी सम्मेलनमा बोर्डले ५० वटा परियोजनाहरू सार्वजनिक गरेको थियो। जसमध्ये ३० वटा परियोजनामा आवेदन परेको थियो भने २० वटामा कुनै आवेदन परेको थिएन। आवेदन परेका ३० परियोजनामध्ये १६ आवेदन अयोग्य रहेको बोर्डले बताएको छ।
आज आयोजित पत्रकार सम्मेलनबाट बोर्डले संक्षिप्त सूची तयार पारिएको जानकारी दिएको हो। सूची तयार पारिएका आयोजनामध्ये तमोर लजाशययुक्त जलविद्युत परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनी छनौट समेत गरिएको छ। यो आयोजनाको क्षमता सात सय ५६ मेगावाट रहेको छ।
यसका साथै, बोर्डले नेपालमा गाडी एसेम्बल्डको तयारी गरिरहेको कोरियन कम्पनी मोट्रेक्ससँग परियोजना लगानी सम्झौतामा प्रारम्भिक हस्ताक्षर गरेको छ। मोट्रेक्सले गाडी एसेम्बल्डका लागि नेपालमा दश अर्ब ५४ करोड रूपैयाँको लगानी गर्ने प्रतिवद्धता गरेको छ।
प्रदेश नम्बर १ को झापा जिल्लाको सदरमुकाम दमकमा बन्ने ६४ अर्ब ६१ करोड लागतको चाइना नेपाल फ्रेन्डसिप पार्क निर्माणमा समेत समझदारी भएको छ।
त्यस्तै बोर्डका अनुसार विराटनगर, वीरगंज र भैरहवामा निर्माण हुने करीब १३ अर्ब रूपैयाँ कूल लागतको मल्टीमोडल लजिस्टिक पार्कको विस्तृत सम्भाव्यता अध्ययनका लागि दुई छुट्टाछुट्टै कम्पनीसँग समझदारी भएको छ।
प्रस्ताव आह्वान नगरिएका परियोजनाहरुमा प्राप्त १५ वटा प्रस्तावहरूमध्ये १० वटा कार्यान्वयनका लागि अध्ययनको चरणमा छन्। यी परियोजनाको निर्माण कार्यअघि बढे ऊर्जा, यातायात, कृषि, उद्योग लगायत क्षेत्रका पूर्वाधार विकासमा सहयोग पुग्ने अपेक्षा बोर्डले गरेको छ।
हाल करीब ५६५ अर्ब कूल परियोजना लागत भएका करीब नौवटा क्षेत्रका परियोजना कार्यन्वयनमा सहजीकरण भइरहेको छ। जसमध्ये करीब १०४ अर्ब लागत रहेको अरुण तेस्रो जलविद्युत् परियोजना बाँधको काम समेत अघि बढेको छ।
२०१८ बाट व्यवसायीक उत्पादन शुरू गरेको होङ्सी सिमेन्टले दोस्रो चरणको उत्पादन थालेको तथा यस वर्ष शिलान्यास भएको ह्वासिन नारायणी सिमेन्ट उद्योले २०२० को जुलाईभित्र उत्पादन थाल्ने बार्डले जानकारी दिएको छ।