अमेरिकाले गाजा क्षेत्रलाई पुनर्जीवन दिन सहयोग गर्ने
बीबीसी। इजरायल र प्यालेस्टाइनबीचको संघर्षविराम मजबुत बनाउने र गाजा क्षेत्रलाई पुनर्जीवन दिने कार्यमा अमेरिकाले सहयोग गर्ने भएको छ। इजरायली प्रधानमन्त्रीसँगको भेटपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले संघर्षबाट उत्पन्न अवस्थाको अन्त्यका लागि अमेरिकाको सहयोग रहने बताएका हुन्। आफ्नो सहयोगको फाइदा चरमपन्थी समूह हमासलाई पुग्न नहुने पनि उनले स्पष्ट पारे। ब्लिंकनले अमेरिकाको समर्थन सधैं इजरायलप्रति रहेको पनि दोहोर्याए।
प्रतिक्रिया दिनुहोस्