अस्ट्रियाले लगायो बेलायती उडानमा प्रतिबन्ध एजेन्सी। बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुप देखिएपछि अस्ट्रियाले त्यहाँबाट हुने सबै उडानमा प्रतिबन्ध लगाएको छ। यो निर्णय जुन १ तारिखदेखि लागू हुनेछ। बेलायतमा रहेका अस्ट्रियाली नागरिकले भने स्वदेश फर्कन पाउनेछन्। अस्ट्रियाले ब्राजिल, भारत र दक्षिण अफ्रिकापछि बेलायतलाई पनि सोही सूचीमा राखेको हो, जहाँ कोरोनाको नयाँ रुप फेला परेको छ। जर्मनीले पनि शुक्रबार नै बेलायतबाट आउने उडानमा प्रतिबन्ध लगाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्