राष्ट्रिय सभा सदस्य निर्वाचनः २० पुसमा मनाेनयन दर्ता
<p>काठमाडौं। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन २० पुसमा हुने भएको छ। निर्वाचन आयोगले दिउँसो १ बजेदेखि ३ बजेसम्म मनोनयनको समय तोकेको छ।</p>
<p>तोकिएको समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारले मनोनयन पत्र दर्ता गर्नुपर्ने छ। सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लामा निर्वाचन अधिकृतको कार्यालय आयोगले यसअघि नै तोकिसकेको छ।</p>
<p>मनोनयन पत्र दर्ता गर्दा राष्ट्रिय सभा सदस्य निर्वाचन निर्देशिका २०७६ को दफा २७ को उपदफा ५ को अनुसूची १३ बमोजिमको ढाँचामा तयार भएको हुनुपर्ने पनि आयोगले स्पष्ट पारेको छ।</p>
<p>दुई वर्षे कार्यकाल सकिएका राष्ट्रिय सभा सदस्यको १८ रिक्त पदका लागि ९ माघमा निर्वाचन हुँदैछ।</p>
प्रतिक्रिया दिनुहोस्