जेठ २२ गते हुने भन्सार एजेन्टको लिखित परीक्षा स्थगन
काठमाडौं। आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगन भएको छ। कोरोना महामारीले गर्दा देशका अधिकांश जिल्लामा जारी गरिएको निषेधाज्ञा कारण परीक्षा स्थगन गरिएको भन्सार विभागले आज एक सूचना प्रकाशन गरी जानकारी दिएको हो। सूचनामा लिखित परीक्षाभन्दा कम्तीमा १५ दिनअगाडि अर्को सूचना प्रकाशन गरिने उल्लेख छ। गत चैत दोस्रो सातामा विभागले ६६० एजेन्टका लागि इजाजत खुलाएको थियो।
प्रतिक्रिया दिनुहोस्