एसईई सञ्चालनको विकल्पबारे कार्यदलले सुझाव दुई हप्ताभित्र दिने काठमाडौं। कोरोनाका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई)बारे कार्यदलले काम गरिरहेकाले विकल्पसहित सुझाव तयार हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिडको दोस्रो लहरको प्रभाव कहिलेसम्म रहन्छ भन्ने स्पष्ट नभएकाले नयाँ शैक्षिक सत्र र परीक्षाबारे निर्णयमा पुग्न समस्या भएको जनाउँदै एसईईबारे एकदुई हप्ताभित्र निर्णय गरिने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्