औद्योगिक व्यवसाय ऐनले दिएको सुविधा आर्थिक ऐनबाट नकाट्न उद्योगमन्त्रीलाई व्यवसायीको आग्रह

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले व्यवसायिक क्षेत्रमा देखा परेका समस्या समाधानमा प्रतिबद्ध रहेको बताएका छन्।

आज नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा व्यवसायीहरूको प्रतिनिधी मण्डल उद्योगमन्त्री भट्टलाई भेट्न सिंहदरबार गएको थियो।

उद्योगमन्त्री लेखराज भट्टले चालु आर्थिक बर्षको पाँच महिनामा भएको निकासी उत्साप्रद रहेको बताउँदै वैदेशिक व्यापारमा घाटा न्यूनिकरण गर्न निर्यात योग्य बस्तुहरुको देशगत एवं वस्तुगत रूपमा विविधिकरण गर्नु पर्ने आवश्यकता औल्याए।

मन्त्रीसँगको भेटमा व्यवसायीहरूले औद्योगिक व्यवसाय ऐनले दिएको सुविधा आर्थिक ऐनले काट्ने गरेमा आगामी दिनमा त्यस्तो नहुने व्यवस्था गर्न सुझाव दिए।

स्थानीय कर र अन्य करको चापले व्यवसायको लागत बढेको व्यवसायीहरूले गुनासो गरेका छन्।

प्रतिक्रिया दिनुहोस्