शक्तिशाली चक्रवात ‘यास’को प्रभाव नेपालमा कुन प्रदेशमा बढी?
काठमाडौं। बंगालको खाडीबाट सुरु भएको शक्तिशाली चक्रवात यासको प्रभावले नेपालका विभिन्न भूभागमा वर्षा हुनसक्ने नेपाल बाढी सूचना केन्द्रले जनाएको छ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका भूभाग भई बहने नदीहरूमा बहाव बढ्न सक्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने जनाएको छ। तीन दिनसम्म नदीतटीय क्षेत्रमा विशेष सावधानी अपनाउन पनि केन्द्रले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्