पिङ खेल्ने क्रममा एक बालकको मृत्यु सिमकोट। सर्केगाड गाउँपालिका-१ को जैर गाउँ स्याँडीवनमा पिङ खेल्ने क्रममा पिङको डोरी चुँडिएर घाँटीमा बेरिँदा नौ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिया दमाईंका छोरा धौला रहेका छन्। गोठालो जाने स्याँडीवन गाउँभन्दा टाढा रहेकाले गाउँबाट मान्छे घटनास्थलमा पुग्दासम्म बालकको मृत्यु भइसकेको जनाइएको छ। (रासस)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्