अस्ट्रेलियामा अब मुसाको कहर
एजेन्सी। कोरोना भाइरसको डर कायमै रहेको अस्ट्रेलियामा अब मुसाले सताउने थालेको छ। अस्ट्रेलियको न्यु साउथ वेल्स र क्विन्सल्यान्ड राज्यमा मुसाको बिगबिगीले किसान ठूलो मर्कामा परेका छन्। करोडौं मुसा सिड्नीतर्फ गइरहेको बताइएको छ। मुसाले फार्म हाउस, आवास, अस्पताल, विद्यालयमा प्रवेश गरेर प्रदूषण फैलाइरहेको छ। मुसाका कारण करोडौं डलर नोक्सान भइसकेको छ। मुसाले खाद्यान्नका साथै उपकरणहरु काटेर नष्ट पारिदिएको छ।
प्रतिक्रिया दिनुहोस्