देशभर आंशिकदेखि पूर्ण बदलीको सम्भावना काठमाडौं। आज देशभरको मौसम आंशिकदेखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाडीमा रहेको यास चक्रवातको आंशिक प्रभावका कारण प्रदेश–१, प्रदेश–२, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली हुनेका साथै केही स्थानमा वर्षाको सम्भावना छ। देशका हिमाली/उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्