भारतमा किसान आन्दोलनको ६ महिना, कालो दिवसको संज्ञा
एजेन्सी। कृषिसम्बन्धी सरकारले ल्याएको तीन नयाँ कानुनको विरोधमा दिल्लीका विभिन्न स्थानमा आन्दोलनमा किसानहरु उत्रिएको बुधबार ६ महिना भएको छ। उनीहरुले उक्त दिनलाई ‘कालो दिवस’को संज्ञा दिएका छन्। उनीहरुले भारतको झण्डासहित हातमा कालो झण्डा पनि लिएका थिए। ‘‘हामीले प्रदर्शन गर्न थालेको ६ महिना भएको छ, तर सरकारले सुनेको छैन’’, आन्दोलनका प्रमुख अनुहार मानिएका राकेश टिकैतले भने।
प्रतिक्रिया दिनुहोस्