यास चक्रवातका कारण ४ जनाको मृत्यु
एजेन्सी।बंगालको खाडीबाट आएको शक्तिशाली यास् चक्रवातका कारण कम्तीमा चार जनाको मृत्यु भएको छ भने कैयौं घरबारविहीन भएका छन्।भारतको पश्चिम बंगाल र उडिसा राज्य तथा दक्षिणी बंगलादेशमा ठूलो क्षति गरेको छ।चक्रवात जमिनमा बज्रिनुअगावै तटीय क्षेत्रका दश लाखभन्दा धेरैलाई सुरक्षित क्षेत्रतर्फ सारिएको थियो।दुई सातायता भारतमा आएको यो दोस्रो समुद्री आँधी हो।गत साता टाउटे आँधीले पश्चिम भारतमा १५० जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस्