उपत्यकामा १५ सयभन्दा बढी सवारी साधन होल्डमा काठमाडौं।ट्राफिक प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार ५८८ वटा सवारी साधनलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होल्ड गरेको जनाएको छ।होल्ड गरिएकामध्ये १ हजार ७४ वटा दुई पाङग्रे, ३८६ वटा चारपाङ्ग्रे र १२८ वटा अन्य सवारी साधन रहेका छन्।काठमाडाैं उपत्यका लगायत निषेधाज्ञा जारी भएका अन्य जिल्लाहरुमा सुरक्षाकर्मी,स्वास्थ्यकर्मी,एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्