काठमाडौंमा पुनः बर्डफ्लु सङ्क्रमण
काठमाडाैं। तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि भएको हो। सो स्थानका कृषकले पालेका टर्कीको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा जेठ १० गते पुष्टि भएको विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्