काठमाडौं। काठमाडौंको चोभारदेखि दक्षिणकाली जाने सडकको निर्माण मंसीरमै पूरा गर्ने प्रतिबद्धता जनाइए पनि सम्बन्धित निकायको कमजोरी र ठेकेदार कम्पनीको लापरबाहीका कारण अझै पूरा हुन सकेको छैन ।
सो सडक निर्माण हुन नसक्दा नेपाल भ्रमण वर्षको सन्दर्भमा पर्यटनको एक महत्वपूर्ण गन्तव्यका रूपमा रहेको दक्षिणकालीसमेत ओझेलमा पर्ने देखिएको छ। यो सडकको कुल लम्बाइ ९.३६ किलोमिटर छ ।
संघीय राजधानी काठमाडौं र प्रदेश ३ को राजधानी हेटौंडा जोड्ने सबभन्दा छोटो वैकल्पिक बाटोका रूपमा रहेकोे यो सडक सम्बन्धित निकाय र स्थानीय जनप्रतिनिधिले मंसीरभित्रै निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि अहिले काम कछुवा गतिमा अगाडि बढेको समाचार आजको गोरखापत्र दैनिकमा छ।
" /> काठमाडौं। काठमाडौंको चोभारदेखि दक्षिणकाली जाने सडकको निर्माण मंसीरमै पूरा गर्ने प्रतिबद्धता जनाइए पनि सम्बन्धित निकायको कमजोरी र ठेकेदार कम्पनीको लापरबाहीका कारण अझै पूरा हुन सकेको छैन ।

">