काठमाडौंबाट बरौली जाँदै गरेको ट्याङ्करमा २१८ किलो गाँजा बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित रामरहिम ग्यारेजमा रहेको ना.४ ख २९७९ नम्बरको ट्याङकरमा ठूलो मात्रामा गाँजा भेटिएको छ।प्रहरीले ट्याङ्कबाट २१८ किलो गाँजा बरामद गरेको जनाएको छ। ट्याङ्करका चालक बर्दिवास नगरपालिका–८ बस्ने घनश्याम गिरी र सहचालक चितवन खैरहनी नगरपालिका–२ बस्ने राजकुमार दवाडीलाई प्रहरीले पक्राउ समेत गरेको छ। ट्याङकर काठमाडौंबाट भारतको बरौलीमा तेल लिन जान लागेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्