अक्सिजन सिलिन्डर खरिद गर्न ९ लाख सहयोग हेटौंडा। हेटौंडा अस्पतालमा अक्सिजन सिलिन्डर खरिदका लागि ग्रामीण असाहय बालबालिका सामुदायिक पुनर्स्थापना केन्द्र मकवानपुरले ९ लाख सहयोग गरेको छ। अस्पताललाई एक महिनासम्म आवश्यक पर्ने दैनिक ५० सिलिन्डर खरिद गर्ने सहयोग गरेको केन्द्रकी अध्यक्ष सुमित्रा काफ्लेले बताइन्। अस्पतालमा रहेका बिरामीका लागि दैनिक २४० वटा सिलिन्डर अक्सिजन आवश्यक रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्