स्काउटले उपत्यकामा सञ्चालनमा ल्यायो निःशुल्क एम्बुलेन्स सेवा
काठमाडौं। नेपाल स्काउटले आफ्नो राष्ट्रिय प्रधान कार्यलय काठमाडौंमा एक कार्यक्रम गर्दै उपत्यकामा निःशुल्क कोभिड एम्बुलेन्स सेवा सञ्चालन सुरु गरेको छ। कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादर भण्डारीले गाडीको चाबी स्काउटर अजित लामा र विकेन्द्र महजर्नलाई हस्तान्तरण गरे। एम्बुलेन्स सेवा बिहान १० देखि बेलुका ६ बजेसम्म उपलब्ध हुनेछ।
प्रतिक्रिया दिनुहोस्