पाकिस्तानका विदेशमन्त्री कुरैशी भन्छन्- अमेरिकालाई एयरवेस प्रयोग गर्न दिँदैनौं बीबीसी। पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले कुनै पनि पाकिस्तानी एयरवेस अमेरिकालाई प्रयोग गर्न नदिने बताएका छन्। पाकिस्तानको संसदको माथिल्लो सदनलाई सम्बोधन गर्दै उनले अफगानिस्तानको धर्तिमा ड्रोन अप्रेसनको लागि पाकिस्तानले अमेरिकालाई एयरवेस प्रयोग गर्न नदिने बताएको हो। "यो सदन र पाकिस्तानी जनताले मेरो भनाइ सम्झिरहनुकी प्रधानमन्त्री इमरान खानको नेतृत्वको सरकारले अमेरिकालाई कुनै सैन्य अड्डा दिने छैन," उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्