नाबालिका बलात्कार अभियोगमा एक पक्राउ बुटवल। कञ्चन गाउँपालिका बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको छ। घरमा कोही नभएको मौका छोपेर गन्धर्वले जेठ ११ गते बालिकालाई करणी गरेको परिवारको भनाइ छ। आमाबुवा खेतमा काम गर्न गएको मौका छोपेर गन्धर्वले करणी गरेको बालिकाले बयान दिएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्