भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा बरामद
पर्सा। वीरगञ्ज महानगरपालिकास्थित इनर्वागाउँ, छपकैया, भकुवा, सिर्सिया र नगवाबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा प्रहरीले बरामद गरेको छ। करिब ४ लाख ६ सय रूपैयाँबराबरको कुर्तासुरुवाल, साडीलगायत विभिन्न किसिमका लत्ताकपडाहरू बुधबार बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामान आवश्यक कारवाहीको लागि बिहीबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्