गाजामा युद्ध अपराधमाथि छानविन गर्ने युएनएचआरसीको प्रस्तावमाथिको मतदानमा नेपाल अनुपस्थित एजेन्सी।गाजामा ११ दिनसम्म चलेको इजरायल र हमासबीचको युद्धलाई ‘युद्ध अपराध’ को रुपमा अनुसन्धान गर्ने प्रस्तावमाथि राष्ट्रसंघीय मानवअधिकार परिषदमा भएको मतदानमा नेपाल अनुपस्थित भएको छ।मतदानमा नेपालसहित, भारत, फ्रान्स, इटाली, जापान, नेदरल्यान्ड्स, पोल्यान्ड, दक्षिण कोरिया, फिजी, बहमास, ब्राजिल, डेनमार्क, टोगो र युक्रेनले भाग नलिएका हुन्। डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिका भने युएनएचआरसीबाट बाहिरिएको थियो। इस्लामिक कोअपरेशनका राष्ट्रले एक भएर इजरायलविरुद्ध मतदान गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्