तानसेन। पाल्पाको तिनाउ गाउँपालिका–६ जन्तीलुङमा उत्तरतर्फ सेतै टल्किएका हिमालले जोसुकैलाई पनि लोभ्याउँछ। धवलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्रे लगायत लमजुङको गणेश हिमाल यहाँका मुख्य आकर्षण हुन्।
जन्तीलुङबाट दक्षिणतर्फ रूपन्देहीको बुटवल, भैरहवा, सालझन्डी, नवलपरासीको दाउन्ने बर्दघाट देखिन्छ। तराईका सुन्दर फाँट देख्दा मनमा आनन्द महसुस हुन्छ। नागबेलीजस्ता पहाड, त्यहाँ बनेका खोंच हेर्दा जो–कोही पनि जन्तीलुङ पुगेपछि लोभिन्छन्।
कला संस्कृतिको धनी जाति मगर बस्तीमा सञ्चालित घरवासमा सस्तो र सुलभ मूल्यमा स्थानीय परिकार खाना तथा आवासको व्यवस्था गरिएको छ। प्रकृतिसँग रमाउन जन्तीजस्तै गरी पर्यटक ल्याउने स्थानीय बासिन्दाको योजनाअनुसार घरवास सञ्चालनमा ल्याएको हो। यहाँ पुग्ने पर्यटकलाई सयपत्रीको मालाले स्वागत गर्छन्। जन्तीलुङ घुमफिरपछि पर्यटक घरवासमा सुत्छन्।
साँझको समयमा पाहुनालाई स्थानीय मगर समुदायको पुरानो संस्कृतिमा नचाइन्छ। पर्यटकलाई झाम्रे, ठूलोनाच र सालैजो गीतसहितको सांस्कृतिक मनोरञ्जन प्रदान गरिन्छ। नाचगान र मगर संस्कृतिअनुसार स्वागत पाउँदा पर्यटक फुरुङ्ग हुँदै रमाउँछन्। मगर जातिको संस्कृतिमा झुमिन पाउँदा दुःख बिर्सिछन्। मगर जातिको परम्परागत मौलिक खानाको स्वाद लिन्छन्। मूलाको अचार, कोदोको सेलरोटी, फापर, दालचिनीको रक्सी र स्थानीय कुखुराको मासुको स्वाद लिन्छन् पर्यटक
पाल्पाको जन्तीलुङमा मगर जातिको मात्र बस्ती छ। एक हजार ६०० मिटर अग्लो डाँडामा घरवास सञ्चालनमा छ। स्थानीय बासिन्दाले यहाँको विकासका लागि घरवास सञ्चालन गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ अघि बढेका हुन्।
पर्यटकको सुविधा र यस क्षेत्रकै विकासका लागि घरवास सञ्चालनमा ल्याएको हो। गत वर्षदेखि सञ्चालमा ल्याएको मगर घरवासमा अहिलेसम्म १०० भन्दा बढी पर्यटकलाई स्वागत गरिएको जन्तीलुङ घरवासका अध्यक्ष शेरबहादुर लम्तरीले बताए। गाउँबस्तीको विकास र पर्यटकीय गन्तव्यका रूपमा यस क्षेत्रलाई प्रचार–प्रसार गर्नका लागि घरवास सञ्चालित छ।
तिनाउ गाउँपालिकाले १० लाख रूपैयाँ बजेटमार्फत मगर बस्तीमा घरवास सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताए। घरवास सञ्चालनपछि जन्तीलुङमा पर्यटक आकर्षण गर्न सहज हुने अध्यक्ष घर्तीको दाबी छ। यहाँका दश घरमा अहिले घरवास सञ्चालित छ। पाहुना ठूलो मात्रा गाउँमा आएमा ३० मिनेटको पैदलयात्रामा तिनाउ–५ मरामकोटमा खोलिएको घरवासमा व्यवस्थापन हुन्छ।
हिमाल, पहाड र तराईका सुन्दर फाँट प्रायः कमै स्थानबाट अवलोकन हुन्छ। त्यो विशेषता यहाँ रहेको श्रेष्ठको दाबी छ। जन्तीलुङ बिहानको सूर्योदय र बेलुकीको सूर्यास्त हेर्न उपयुक्त स्थान हुँदा पर्यटक त्यसतर्फ लोभिने गरेका छन्।
जन्तीलुङ पुग्नको लागि सिद्धार्थ राजमार्गको मस्यामदेखि नौ किलोमिट र यात्रा गर्नुपर्छ। मस्यामबाट अधिकांश डाँडाको भाग हुँदै जन्तीलुङको बस्तीमा पुगिन्छ।
कृष्ण दर्नाल/रासस
" /> तानसेन। पाल्पाको तिनाउ गाउँपालिका–६ जन्तीलुङमा उत्तरतर्फ सेतै टल्किएका हिमालले जोसुकैलाई पनि लोभ्याउँछ। धवलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्रे लगायत लमजुङको गणेश हिमाल यहाँका मुख्य आकर्षण हुन्।जन्तीलुङबाट दक्षिणतर्फ रूपन्देहीको बुटवल, भैरहवा, सालझन्डी, नवलपरासीको दाउन्ने बर्दघाट देखिन्छ। तराईका सुन्दर फाँट देख्दा मनमा आनन्द महसुस हुन्छ। नागबेलीजस्ता पहाड, त्यहाँ बनेका खोंच हेर्दा जो–कोही पनि जन्तीलुङ पुगेपछि लोभिन्छन्।

">