मेहुल चोकसीलाई भारत ल्याउने प्रयासमा लाग्यो धक्का
बीबीसी। भगौडा हीरा व्यापारी मेहुल चोकसीलाई डोमिनिकाबाट ल्याउने भारतको प्रयासमा धक्का लागेको छ।डोमिनिका सरकारले उनलाई भारतलाई बुझाउने तयारी गरेपनि त्यहाँको एक अदालतले त्यसलाई रोकेको छ।अदालतले चोकसीको गिरफ्तारी कानुनसम्मत छ वा छैन भन्ने विषयमा छिट्टै फैसला लिने बताइएको छ।मेहुल एन्टीगा जाने प्रयास गरिरहेका छन्।बैंक घोटलाको एक घटनामा भारतले मेहुललाई खोजीरहेको छ। घोटलाको अनुसन्धान सुरु भएपछि उनले एन्टीगाको नागरिकता लिएका थिए।
प्रतिक्रिया दिनुहोस्