भारतको स्थानीय कानुनप्रति गूगल जवाफदेही छः सीईओ पिचाई
एजेन्सी। गूगलका सीईओ सुन्दर पिचाईले आफ्नो कम्पनी भारतको स्थानीय कानुनप्रति जवाफदेही रहेको र भारत सरकारसँग कम्पनीले रचनात्मक ढङ्गले काम गरिरहेको उल्लेख गरेका छन्। पिचाईले एसिया प्रशान्त क्षेत्रका चर्चित पत्रकारहरुसँगको भर्चुअल सम्मेलनमा कम्पनीसँग स्पष्ट पारदर्शिता रिर्पोट रहेको र कम्पनीले सरकारी अनुरोधहरुको पालन गरेको बताए। पिचाईले स्वतन्त्र र खुल्ला इन्टरनेट मौलिक कुरा भएको र भारतमा यसको लामो परम्परा रहेको जनाए।
प्रतिक्रिया दिनुहोस्