अमेरिकाले रुसलाई भन्यो- ओपन स्काइज् सम्झौताबाट बाहिरिन्छौं
बीबीसी। अमेरिकाले सन् १९९२ मा भएको 'ओपन स्काइज्' सम्झौताबाट पछि हट्ने जानकारी रुसलाई दिएको छ। यो निर्णय यस्तोबेला बाहिर आएको छ, जतिबेला अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादीमिर पुटिन भेटवार्ताको तयारी भइरहेको छ। जुन १६ मा उनीहरुबीच भेटवार्ता हुँदैछ। ओपन स्काइज् सम्झौताअनुसार छोटो नोटिसमा ३५ देशले आफ्नो देशमा भइरहेका सैन्य गतिविधिको निगरानी गर्न दिनुपर्ने हुन्छ।
प्रतिक्रिया दिनुहोस्