बशर अल असद फेरि बने सिरियाको राष्ट्रपति
बीबीसी। सिरियामा भएको राष्ट्रपति निर्वाचनमा पुनः बशर अल असद फेरि विजयी भएका छन्। उनी लगातार चौथो पटक सिरियाको राष्ट्रपतिमा विजयी भएका हुन्।बुधबार भएको निर्वाचनमा उनले खसेकोमध्ये ९५.१ प्रतिशत मत प्राप्त गरेका थिए। प्रतिस्पर्धी उम्मेदवार महमुद अहमदले ३.३ प्रतिशत र अब्दुल्ला सालौम अब्दुल्लाले १.५ प्रतिशत मत प्राप्त गरेका थिए।यो परिणामलाई विपक्षी दल, अमेरिका र युरोपियन मुलुकले अस्वीकार गरेका छन्।
प्रतिक्रिया दिनुहोस्