परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्- अबको १५ दिनपछि कोरोना खोपमा 'ब्रेक थ्रू' हुनसक्छ
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अबको १५ दिनमा खोप खरिदको विषय टुंगो लाग्ने भएकाले 'ब्रेक थ्रू' हुने बताएका छन्। स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले अबको १५ दिनभित्रमा केही देशले सहयोग घोषणा गर्ने प्रतिबद्ता जनाएका र अर्थ मन्त्रालयले पनि पर्याप्त बजेट ब्यबस्था गरेकाले १५ दिनमा ब्रेक थ्रू निर्णय हुने दावी गरे ।
प्रतिक्रिया दिनुहोस्