तीन ठाउँमा आगलागी, १६ लाखभन्दा बढीको क्षति काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका तीन स्थानमा ठूलो आगलागीका घटना भएका छन्। तीन घटनामा १६ लाख १९ हजार रुपैयाँको आर्थिक क्षति भएको राष्टिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। आगलागी ताप्लेजुङ्गको फुङलिङ नगरपालिका–४, काठमाडौंको कागेश्वरी नगरपालिका–४ मा र सुर्खेतको लेकवेसी नगरपालिका–६ मा भएको थियो। आगलागीबाट कुनै मानवीय क्षति नभएको प्राधिकरणले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्