स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग गर्दै संयुक्त विज्ञप्ति बाँके। भेरी अस्पतालकामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विषयलाई लिएर नेपाल चिकित्सक संघ, भेरी अस्पताल विकास समिति र नेपाल स्वास्थ्यकर्मी संघ बाँकेलगायत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित १५ वटा संघ संस्थाले आज घटनामा संलग्नलाई कार्वाही गर्नुपर्ने भन्दै संयुक्त रुपमा विज्ञप्ति जारी गरेका छन्। स्वास्थ्यकर्मीहरुको उचित सुरक्षाको व्यवस्था गर्ने र यस विषयमा भएको आन्दोलनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्