पाल्पामा जेठ २४ गतेसम्म निषेधाज्ञा थप पाल्पा। पाल्पामा जेठ २४ गतेसम्म निषेधाज्ञा थप भएको छ। प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति बैठकले जेठ २४ गतेसम्म निषेधाज्ञा बढाएको हो। पाल्पामा बैशाख १७ गतेदेखि निषेधाज्ञा लागू भएको छ। निषेधाज्ञाको समय अवधिभर अत्यावश्यक बाहेकका सबै खालको सरकारी तथा निजी सवारी साधन चलाउन रोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्