बचत तथा ऋण सहकारीको लकर फोरी ९ लाख चोरी दाङ। दाङको गढवा गाउँपालिका–४ रामनगरस्थित ओम बचत तथा ऋण सहकारी संस्थाबाट नगद ९ लाख रुपैयाँ बिहीबार चोरी भएको छ। अपरिचित व्यक्तिले उक्त सहकारीको झ्याल फोडेर प्रवेश गरी लकरमा रहेको उक्त नगद चोरी गरी फरार भएको प्रहरीले बताएको छ। चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्