दाङमा निषेधाज्ञा १० दिन थपियो
काठमाडौं। कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि दाङमा गत वैशाख १७ गतेदेखि जारी निषेधाज्ञा थप गरिएको छ। कोभिड–१९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा १० दिन लम्ब्याउने निर्णय गरेको हो। बैठकले हप्तामा दुई दिन बिहान एक घण्टा खुल्दै आएको खाद्यान्नका पसल अब दैनिक बिहान ६ देखि ८ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ। रासस
प्रतिक्रिया दिनुहोस्