काठमाडौं। उनलाई भेटेपछि हेमन्त तामाङको जीवनमा नारायणगोपालले गाएको चाँदनी शाहको गीत लागू भयो – ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा।’
भन्न त धेरैले भन्छन् हेमन्तले उनको जीवन फेरिदिए। तर, उनी स्वंयलाई लाग्छ, उनी आइन् र जिन्दगी फेरियो। निरुद्देश्य भौंतारिरहेको जीवनले दिशा भेट्टायो, गति पायो। नभए त उनी कहाँ जिन्दगीको जग बसाउनेवाला थिए र ? उनी त लट्टाईबाट छुटेको स्वतन्त्र चंगा जस्ता भएका थिए। जसलाई पुग्ने ठाउँ थाहा थिएन। फर्किने गन्तव्य पत्तो थिएन।
उनको आगमनसँगै सबथोक फेरियो। उनी एक यायावरबाट व्यवसायी बन्न पुगे।
उनी २०६७ सालमा आएकी थिइन्। मौसम जाडोको थियो। हेमन्त नुवाकोटबाट साथी भेट्न पहिलोपटक काठमाडौं जोरपाटी आएका थिए। त्यहीबेलामा त हो जायत्री तामाङसँग उनको भेट भएको।
हेमन्तको लागि काठमाडौं नौलो थियो। साथीबिना कतै जाँदैनथे। एकदिन साथी आफ्नी प्रेमिका भेट्न गए। हेमन्त पनि उनकै पछि लागे। जोरपाटीको एउटा खाजाघरमा चिया खाँदै गर्दा जायत्री त्यहीँ आइपुगेकी थिइन्।
“उनको कपाल लामो थियो। नबाँधेर खुला छोडिएको। घुँडाघुँडासम्म आउने ओभरकोट लगाएकी थिइन्। अनुहार भने सलले ढाकिएकी थियो।” – पहिलो भेट सम्झिन्छन् हेमन्त।
भेट भएको एकैछिनमा जायत्रीले अनुहारको घुम्टो उघारिन्। आगोका रापहरूले छोडेका निसान अनुहारमा देखेपछि हेमन्त अक्कबक्क भए।
“ओहो भन्ने लाग्यो, अनि मैले कसरी त्यस्तो भयो भनेर सोधीखोजी गर्न थालेँ”, हेमन्तले इतिवृतान्त लगाए।
जायत्रीले आफ्नो सबै कथा बेलिविस्तार लगाइन्। जायत्रीको पीडा सुनेपछि हेमन्त पनि आफ्नो विगतमा फर्किए।
आगोकै रापले नपोले पनि रापभन्दा कम थियो र जिन्दगीको पोलाई ? सानैमा आमाले छोडेर गइन्। बुबाले दोस्रो बिहे गरे। दोस्रो आमाले हेमन्तलाई माया कम काम बढी थोपरिन्।
उनका कलिला हातले के-के मात्र गरेनन् ? खाना पकाउने, भाँडा माझ्ने, घाँसदाउरा गर्नेदेखि भाइबहिनीको स्याहारसुसार सबै सम्हाले। घरायसी काममा अल्झिँदा हेमन्तको पढाइ अधूरो रह्यो। हेमन्तले कक्षा १ मा ६ महीना र कक्षा २ मा जम्मा दुई महीना मात्रै पढ्न पाए। पढ्ने रहर हुँदाहुँदै पनि हेमन्तले घर सम्हाल्नुपर्यो।
अलिक बुझ्ने भएपछि उनमा विद्रोहको बीउ सप्रिँदै गयो। काम गरेर पनि भरपेट खान नपाएपछि उनको विद्रोहले ठूलै रूप लियो।
२०६७ मा उनी गोजीमा ५० रूपैयाँ बोकेर काठमाडौं आए। साथीसँग बस्न थाले। तर, बरालिएका थिए उनी। भर्खरै त एउटा अघोषित कैदबाट मुक्त भएका थिए। जिन्दगीलाई जसरी जान्छ जान दिन चाहन्थे। कुनै योजना थिएन। कुनै लक्ष्य थिएन।
त्यही बेलामा त हो, जायत्रीसँग उनको भेट भएको। त्यही भेटले उनको जीवनलाई दिशा दियो, गति दियो।
जायत्री र हेमन्तको जीवन र भोगाइ फरक थियो, तर पीडा एउटै। दुवैलाई सहारा चाहिएको थियो। कोही त होस्, जोसँग मनको कुरा भन्न सकियोस्। कोही त होस्, जसको अंगालोमा धीत मर्ने गरी रुन सकियोस्। कोही त होस्, जोसँग थोरै खुशीमा धेरै हाँसो साट्न सकियोस्। दुवैको खोजी एउटै थियो। उनीहरू फोनमा बात मार्न थाले।
हेमन्तले जायत्रीसामु आफैंलाई पोख्न थाले।
“शुरूशुरूमा त घरपरिवार र समाजका कुरा भए, तर पछि मनका कुरा सेयर हुन थाल्यो”, सम्झिन्छन् हेमन्त, “उनीसँग सबै दुःख पोखेपछि मन हल्का हुन्थ्यो।”
हेमन्तले मनका कुरा गर्दा, माया गर्छु भन्दा जायत्रीलाई भने डरलाग्थ्यो। कतै हेमन्तले बिचैमा छोडिदिने हो कि डर लाग्थ्यो।
जायत्रीको मन जित्न हेमन्तले ठूलै पापड बेल्नुपर्यो। प्रेम प्रस्ताव राख्ने बित्तिकै जायत्रीले मानिनन्। चार वर्ष त हेमन्तले प्रतीक्षा गरे। तर, जायत्री मान्दिनथिन्। किनकी जायत्रीलाई भविष्यको चिन्ता लाग्थ्यो।
त्यही चिन्ता हेमन्तमा पनि सर्यो। काम नगरी बिहे गरेर के गर्ने ? आफैंसँग प्रश्न गरे। अनि काम खोज्न थाले।
शुरूमा हेमन्तले अरूको फर्निचरमा काम गरे। काममा पोख्त हुँदै गएपछि जायत्री र हेमन्तले आफ्नै फर्निचर खोल्ने सल्लाहमा पुगे। जायत्रीलाई उपचार गर्ने डाक्टर आन्ड्रियासले पनि हेमन्तको मिहिनेत देखेर फर्निचरमा सहयोग गरे। साँखुकै खुलालटारमा ‘सञ्जित एन्ड प्रियान्सु फर्निचर’ खोले।
त्यसपछि उनीहरूले विवाह गरे। जायत्रीसँग बिहे गरेपछि हेमन्त खुशी छन्। तर, साँखुमा हेमन्तलाई अक्सर मानिसहरूले सोध्थे, “यो तिम्रो दोस्रो बिहे हो ?”
हेमन्तले ‘होइन’ भन्दा मानिसहरूले विश्वास गर्दैनथे। समाजले जे सुकै भनोस्, त्यसले हेमन्तलाई कुनै असर पारेन। तर, परिवारका सदस्यले पनि ‘किन यस्तो केटी बिहे गर्यौ’ भन्दा उनी चुप बसेनन्।
हेमन्त भन्छन्, “मानिसले भनेर फरक पर्दैन। भन्दैमा केही हुने पनि होइन। ऊ मदेखि खुशी र म ऊदेखि खुसी भए भयो।”
जायत्रीको सफा मन हेमन्तलाई मन परेको हो। बोलीबचन र व्यवहारले हेमन्तलाई आकर्षित गरेको थियो। “उसको अलिक कडा छ। चित्त नबुझेको कुरा बोलिहाल्ने बानी छ। मलाई त्यही कडा बोली नरम लाग्छ”, हेमन्त भन्छन्, “मैले उनको मन हेरेको हो।”
आफूले नपढेकाले हेमन्त आफ्नो पत्नी र छोरीलाई मन भएजति पढाउन चाहन्छन्। पढेर जायत्रीले कुनै अफिसमा जागिरे भएको हेर्न चाहन्छन् उनी। छोरीलाई डाक्टर पढाउने सपना छ उनको।
पढ्नुहाेस्ः
जस्तो हेर्यो त्यस्तै देखिन्छ जिन्दगी
" /> काठमाडौं। उनलाई भेटेपछि हेमन्त तामाङको जीवनमा नारायणगोपालले गाएको चाँदनी शाहको गीत लागू भयो – ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा।’भन्न त धेरैले भन्छन् हेमन्तले उनको जीवन फेरिदिए। तर, उनी स्वंयलाई लाग्छ, उनी आइन् र जिन्दगी फेरियो। निरुद्देश्य भौंतारिरहेको जीवनले दिशा भेट्टायो, गति पायो। नभए त उनी कहाँ जिन्दगीको जग बसाउनेवाला थिए र ? उनी त लट्टाईबाट छुटेको स्वतन्त्र चंगा जस्ता भएका थिए। जसलाई पुग्ने ठाउँ थाहा थिएन। फर्किने गन्तव्य पत्तो थिएन।

">