धनकुटामा जेठ २६ गतेसम्म निषेद्याज्ञा थप
धनकुटा। कोरोना भाइरसको संक्रमित बढिरहेपछि धनकुटामा जेठ २६ गतेसम्म निषेद्याज्ञा थप गरिएको छ। बैशाख २२ गतेदेखि निषेद्याज्ञा रहेको धनकुटामा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेद्याज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बाशुदेव दाहालले बताए। धनकुटामा हालसम्म ८१० जनामा कोरोना भाइरस संक्रमित देखिएका छन्। संक्रमितमध्ये २९६ जना निको भएका छन्। १३ जना संक्रमितको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्