जर्मनीले १०० वर्षअघिको नरसंहारको क्षमा माग्ने, १.१ अर्ब युरो क्षतिपूर्ति दिने
एजेन्सी। जर्मनीले १०० वर्षअघि हाल नामिबियाको हेरेरो र नामा जनजातिमाथिको नरसंहारको क्षमा माग्दै पीडित समूह र नामिबियालाई १.१ अर्ब युरो क्षतिपूर्ति दिने घोषणा गरेको छ। जर्मन विदेशमन्त्री हेइको मासले सन् १९०४-१९०८ ताकाको उक्त घटनालाई ‘नरसंहार’को संज्ञा दिई क्षमा माग्ने जनाएका हुन्। नामिबिया सरकारले ‘नरसंहार’ घोषणालाई मेलमिलापको सकारात्मक कदम जनाएता पनि जनजाति समूहले क्षतिपूर्ति अस्वीकार गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्