कोरोना मामिलामा चीनप्रति ट्रम्प र बाइडेनको धारणा उस्तै
एजेन्सी। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपतिबीच थुप्रै कुरा असमान छन्। तर कोरोनाको उत्पत्तिबारे चीनप्रतिको दृष्टिकोण भने उस्तै रहेको छ। बाइडेनले हालै जासूसी संयन्त्रलाई कोरोना भाइरस कसरी मानिसमा स¥यो भन्ने कुराको ९० दिनभित्र जानकारी जुटाउन आदेश दिए। कोरोना उत्पत्तिबारे ट्रम्प जहिले पनि चीनतर्फ औंला ठड्याउँदै आएका थिए। अहिले बाइडेन पनि सोही बाटोमा अग्रसर भएको देखिन्छ।
प्रतिक्रिया दिनुहोस्