पाकिस्तान स्वयम् शिशाको घरमा : इजरायल
एजेन्सी। पाकिस्तानले इजरायलको मानवअधिकारबारे बोलेपछि रिसाएको इजरायलले यस सम्बन्धमा पाकिस्तान स्वयम् शिशाको घरमा बसेकाले सचेत हुन सल्लाह दिएको छ। दुई देशका सम्बद्ध अधिकारीहरु यस विषयमा ट्विटरमा भिडेका हुन्। पाकिस्तानले यसअघि पनि इलरायलका विषयमा खासै सकारात्मक कुरा गरेको पाइँदैन। तर इजरायल भने पाकिस्तानबारे खासै टिप्पणी गर्दैन। इजरायल बिहीबार खुल्लेआम पाकिस्तानका विषयमा बोलेको हो।
प्रतिक्रिया दिनुहोस्