टाटाले किन्यो बिगबास्केटको बहुमत हिस्सा, फ्लिपकार्ट, अमेजन र रिलायन्ससँग टक्कर एजेन्सी। टाटा डिजिटलले अनलाइन ग्रोसरी बिगबास्केटको बहुमत सेयर किनेको छ। यो सम्झौताले भारतको ठूलो औद्योगिक घराना टाटाको टक्कर अब मुकेश अम्बानीको रिलायन्स रिटेल, अमेजन र फ्लिपकार्टसँग हुनेछ। रोयटर्सको रिपोर्टअनुसार यो सम्झौता करिब ९५ हजार करोड भारुमा भएको हो। अब बिगबास्केटमा टाटाको हिस्सा ६४.३० प्रतिशतसम्म पुग्न सक्ने बताइएको छ। टाटाले बिगबास्केटमा चिनियाँ लगानीकर्ता अलिबाबाको सेयर किनेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्