आपत्तिजनक टिप्पणीका कारण रणदीप हुड्डालाई सीएमएसको राजदुतबाट हटाइयो एजेन्सी। सलमान खानको ‘राधेः योर मोस्ट वान्टेड भाई’मा खतरनाक भिलेनको भूमिकामा देखिएका रणदिप हुड्डा भारतको बहुजन समाज पार्टीको नेता तथा उत्तर प्रदेशकी मुख्यमन्त्री मायावतीमाथी आपत्तिजनक टिप्पणी गरेका कारण विवादमा घेरिएका छन्। रणदीपले गरेको टिप्पणीकै कारण उनलाई संयुक्त राष्ट्र संघ (युएन)को जंगली जनावरहरुको प्रवासी प्रतातिहरुको संरक्षणसम्बन्धी सन्धि (सीएमएस)को राजदुत पदबाट हटाइएको छ। रणदीपलाई २०२०को फेब्रुअरीमा सीएमएसको राजदुतमा नियुक्त गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्