फिनल्यान्डकी प्रधानमन्त्रीद्वारा सरकारी रकमबाट परिवारलाई खाजा, कानुनविपरीत भन्दै जाँच सुरु एजेन्सी। फिनल्यान्डकी प्रधानमन्त्री सना मरिनले परिवारलाई सरकारी पैसा खर्च गरेर खाजा खुवाएको विषय यतिखेर चर्चाको चुलीमा छ। उनीमाथि जनताले तिरेको करको दुरुपयोग गरेको आरोपमात्रै लागेको छैन, प्रहरीले यसबारे जाँच गर्नेसमेत भएको छ। परिवारलाई सरकारी आवासमा खाजा खुवाउँदा ३०० युरो खर्च भएको बताइएको छ। फिनल्यान्डको कानुनले सरकारी पैसा परिवारका निम्ति खर्च गर्न दिँदैन। यसबारे जाँचको मरिनले स्वागत गरेकी छिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्