सात विश्वविद्यालय अस्तव्यस्त

काठमाडौं। पूर्वाञ्चल विश्वविद्यालयले १९ पुसमा प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई प्रमुख अतिथि बनाएर २६औं वर्षगाँठ मनाइरहँदा उपकुलपति र रजिष्ट्रारको कार्यालकक्षमा चार–चारवटा ताला झुन्डिरहेका थिए।

ती ताला छ महीनाअघि विभिन्न विद्यार्थी संगठनले लगाएका हुन्। यो विश्वविद्यालय चार महीनादेखि उपकुलपतिविहीन हुँदा कामचालाउको भरमा छ।

तर, कार्यक्रमका प्रमुख अतिथिलगायतले उपकुलपतिबिहीनता र तालाबन्दीबारे केही उल्लेख नगरी आफ्नो ‘प्रवचन’ मात्र सुनाए।

नेपाल विद्यार्थी संघले पाँच सूचीय मागसहितको विज्ञप्ति टाँसेर गत ९ असारमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको कार्यकक्षमा ताला लगाएको थियो।

त्यसै दिन पुसेटका विद्यार्थीले अर्को ताला लगाए। ती दुई तालालाई चुनौती दिन २० असारमा अनेरास्वियू, अखिल क्रान्तिकारी र संघीय विद्यार्थी फोरमले संयुक्त रूपमा अर्को ताला लगाए।

ती तीन ताला नखुल्दै नेपाल विद्यार्थी संघले ८ भदौमा फेरि अर्को ताला लगायो।

तीनै समूहले विश्वविद्यालय सेवा आयोगका अध्यक्षको कार्यकक्षमा पनि भदौ पहिलो साता लगाएको ताला अझै खुलेको छैन।

काठमाडौं विश्वविद्यालय (केयू) का प्राध्यापक र कर्मचारीले केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेपछि शैक्षिक र प्रशासनीक काम ठप्प भएका छन्।

नेपाल संस्कृत विश्वविद्यालय पदाधिकारीबिहीन हुँदा प्रशासनिक तथा शैक्षिक काम ठप्प छन्।

उपकुलपति कुलप्रसाद कोइरालाको ६ भदौ, कुलसचिव कातिकेय झाको २७ भदौ र शिक्षाध्यक्ष रमेशप्रसाद ढकालको १७ असोजमा कार्यकाय सकिएको हो।

सुदूरपश्चिमासञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नौ महीनादेखि तालाबन्दी गरिएका कारण प्रशासनिक कामकाज ठप्प छ। नीतिगत र शैक्षिक कार्यक्रमसमेत प्रभावित भएका छन्।

त्रिभुवन विश्वविद्यालयमा नेकपाको पूर्वएमाले खेमबाट उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ।

उक्त नियुक्तिप्रति नेकपाको पूर्वमाओवादी खेमाका प्राध्यापक असन्तुष्ट भएको आजको कान्तिपुरमा समाचार छापिएको छ।

प्रतिक्रिया दिनुहोस्