मन्दिर प्रवेश गर्न भ्याक्सिन लगाएको प्रमाण वा नेगेटिभ रिपोर्ट आवश्यक एजेन्सी। भारतको गाजियावादस्थित एक मन्दिर प्रवेश गर्न अब कोरोनाविरुद्धको भ्याक्सिन लगाएको प्रमाण वा नेगेटिभ रिपोर्ट आवश्यक पर्ने भएको छ। प्राचीन दूधेश्वर मन्दिरका महन्तले उक्त जानकारी दिएका हुन्। कोरोनाका कारण बन्द रहेको उक्त मन्दिर जुन ८ देखि खुल्नेछ। भारतमा खुबै प्रख्यात उक्त मन्दिरमा दैनिक सयौं भक्तजन दर्शनका निम्ति पुग्ने गर्छन्। दर्शनार्थीलाई मास्क पनि अनिवार्य गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्