पहिरोमा पुरिएर एकजनाको मृत्यु
काठमाडौं। लगातार केही दिनदेखि परेको वर्षातका कारण पहिरो खस्दा तनहुँमा एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा व्यास नगरपालिका-१ निर्मलनगर टोलकी ६२ वर्षीया सरस्वती घर्ती छन्। गए राति घर पछाडिको ठूलो ढुङ्गा खसेर गएको पहिरामा च्यापिएर वृद्धाको मृत्यु भएको छ। घरमा रहेका अन्य चारजना भने भागेर ज्यान जोगाउन सफल भएका छन्।
प्रतिक्रिया दिनुहोस्