राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

काठमाडौं। आउँदो ९ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आज उम्मेद्वारको मनोनयनपत्र दर्ता हुँदैछ ।

आज बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम सञ्चालन हुने निर्वाचन आयोगले जनाएको छ।

५९ सदस्यीय राष्ट्रिय सभाका सदस्यमध्ये १९ जनाको आउँदो २० फागुनमा पदावधि सकिँदैछ।

त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र एक जना सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने छ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भइसकेको छ ।

आयोगका अनुसार उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने छ।

महिला, दलित वा अल्पङ्ख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ ।

राष्ट्रिय सभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्र्ने कानूनी व्यवस्था छ ।

उम्मेदवार मनोनयनपत्र दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ।

राष्ट्रिय सभाका सदस्यको पहिलोपटक एकतिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एकतिहाइको चार वर्ष र बाँकी एकतिहाइको छ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ।

दुईवर्षे कार्यकाल पूरा गर्ने सदस्यको खाली पदका लागि यो निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्