हिमालय अनुसन्धान केन्द्र निर्माण अन्तिमचरणमा ताप्लेजुङ। कञ्चनजङ्घा संरक्षण क्षेत्रमा बन्दै गरेको हिमालयन अनुसन्धान केन्द्र निर्माण कार्य अन्तिम चरण पुगेको छ। फक्ताङलुङ गाउँपालिका–६ स्थित खम्बाचेनमा निर्माण भइरहेको भवनको निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भएको कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यालय प्रमुख गणेशप्रसाद तिवारीले बताए। यो केन्द्र बनेपछि विश्वको दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) कस्तुरी मृग,कोलो भालु,रुख भालु, वन कुकुर,घरलजस्ता विभिन्न वन्यजन्तुको अध्ययन अनुसन्धान गर्न सकिने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्