अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धको प्रतिमा
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई ‘बुटिक एयरपोर्ट’ बनाउने अवधारणाअनुरुप गौतमबुद्धको प्रतिमा स्थापना गरिएको छ।

विमानस्थलको आवागमन कक्षसँगै निर्माण गरिएको बुद्धको प्रतिमाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अनावरण गरे।

विमानस्थलमा ‘वेलकम टु द ल्यान्ड अफ लर्ड बुद्ध’ लेखिएको बुद्धको प्रतिमा सजाइएको छ।

प्रतिमा स्थापित भएसँगै अब विदेशी पर्यटकले जहाजबाट ओर्लने बित्तिकै बुद्धको देश नेपालमा आएको अनुभव गर्नेछन्।

पर्यटनमन्त्री भट्टराईले बुद्धको प्रतिमाले विदेशी पर्यटकलाई विमानस्थलमा ओर्लेपछि बुद्धको देशमा प्रवेश गरेर आनन्दको महशुस गराउने बताए।

करिब एक टन वजनको बुद्धको प्रतिमाको लागत ७० लाख रुपैयाँ रहेको विमानस्थल कार्यालयले जनाएको छ।

यसमा झण्डै २४ लाखको सुनको जलप लगाइएको छ। उक्त बुद्धको प्रतिमा पाटनका कालिगड अमिर शाक्यले बनाएका हुन्।

बुद्धको प्रतिमामा अब कुनै पनि पर्यटकले बुद्धसँगै बसेर फोटो खिच्न सक्नेछन्, सहज रुपमा अवलोकन गर्न पाउनेछन्। बुद्धको प्रतिमा स्थापित भएसँगै विमानस्थललाई सुन्दर बनाउने काम शुरु भएको पर्यटनमन्त्री भट्टराईले बताए।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा रुपान्तरण गर्ने बाँकी कामहरु क्रमशः अघि बढाइने उल्लेख गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबमोजिम सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको थियो।

सन् २०२० को भ्रमण वर्षकै सिलसिलामा यो काम अघि बढाउने सरकारको योजना छ।

अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्ने विभिन्न आइटममध्ये बुद्धको प्रतिमा एक महत्वपूर्ण पाटो हो।

जहाजबाट ओर्लेपछि आगमनतर्फ लम्किँदै गर्दा टर्मिनल छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टू नेपाल’ लेखिएको छ, जसलाई नेपालको कला, संस्कृति झल्कने कागजको फ्रेमले सजाइएको छ।

त्यसको ठीक पछाडि गरुडले नमस्ते गरेको मूर्ति देख्न सकिन्छ। जुन विदेशी पर्यटकका लागि ‘सेल्फी जोन’ बनेको छ। योसँगै अब बुद्धको प्रतिमा पर्यटकलाई सेल्फी खिच्ने मुख्य क्षेत्र बन्नेछ।

विमानस्थलभित्र सबै सेवा प्रदायक कम्पनीले पनि बुटिकको अवधारणाअनुरुप अफ्ना सेवा प्रवाह स्थललाई सजाएका छन्।

बुटिक एयरपोर्टको कामलाई समन्वय गर्ने विमानस्थलकी वरिष्ठ अधिकृत इन्जिनियर अञ्जना भट्टले बुटिक विमानस्थको दोस्रो चरणको काम प्रभावकारी रुपमा अघि बढेको र करिब छ महीनाभित्र यो काम सकिने बताइन्।

उनका अनुसार बुटिकको बाँकी कामका लागि ३२ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्